BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले विपन्न महिलाको उपचारमा सहयोगलाई निरन्तरता दिने, पाटन अस्पतालसँग सम्झौता

२०८२ साउन २०

सानिमा बैंकले विपन्न महिलाको उपचारमा सहयोगलाई निरन्तरता दिने, पाटन अस्पतालसँग सम्झौता
सानिमा बैंकले विपन्न महिलाको उपचारमा सहयोगलाई निरन्तरता दिने, पाटन अस्पतालसँग सम्झौता

काठमाडौं। सानिमा बैंकले विपन्न महिलाको उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिने भएको छ। बैंकले यसका लागि पाटन अस्पतालसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र अस्पतालका निर्देशक डा. रवि शाक्यले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार न्युन आर्थिक अवस्था भएका महिलाको उपचारका लागि बैंकले अस्पताललाई एक वर्ष आर्थिक सहयोग उपलब्ध गराउनेछ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारमा पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आएको छ।