BIZMANDU
www.bizmandu.com

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९८ हजार ५ सय, चाँदी पनि बढ्यो

२०८२ साउन २०

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९८ हजार ५ सय, चाँदी पनि बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९८ हजार ५ सय, चाँदी पनि बढ्यो

काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ। मंगलबार कारोबार मूल्य प्रति तोला १ लाख ९८ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो। अघिल्लो दिनका तुलनामा १ सय रुपैयाँ बढ्दा सोमबार प्रति तोला १ लाख ९६ हजार ५ सय रुपैयाँ भएको थियो। आइतबार तोलाको १ लाख ९६ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढेर मंगलबार प्रति तोला २ हजार २ सय ८० रुपैयाँ भएको छ। सोमबार तोलाको २ हजार २ सय ५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०.९९ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ३७.३८ डलर छ। सोमबार सुन प्रति औंस ३३५९.९३ डलर र चाँदी ३७.११ डलर थियो।