BIZMANDU
www.bizmandu.com

ऋण असुली सुधार भई खराब कर्जा घट्दा गणपति लघुवित्तको नाफा बढ्यो

२०८२ साउन २०

ऋण असुली सुधार भई खराब कर्जा घट्दा गणपति लघुवित्तको नाफा बढ्यो
ऋण असुली सुधार भई खराब कर्जा घट्दा गणपति लघुवित्तको नाफा बढ्यो

काठमाडौं। गणपति लघुवित्तको नाफा १७९.५१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले ४ करोड २५ लाख खुद नाफा गरेको छ। अघिल्लो वर्ष लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो।

Tata
GBIME
Nepal Life

ब्याज आम्दानी बढेर प्रोभिजनिङ राइट ब्याक हुँदा नाफा बढेको हो। लघुवित्तको ब्याज आम्दानी ४१.७१ प्रतिशतले बढेर १७ करोड २७ लाख पुगेको छ।

लघुवित्तको कमिसन आम्दानी भने ८६.५७ प्रतिशतले घटेको छ। ऋण असुलीमा सुधार हुँदा लघुवित्तको खराब कर्जा समेत सुधार आएको छ। अघिल्लो वर्ष ५.८४ प्रतिशत रहेको खराब कर्जा घटेर ५.५१ प्रतिशतमा आएको छ।

गत वर्ष लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १ पैसा बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। साथै, मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ।

लघुवित्तको पुँजीकोष अनुपातमा पनि झिनो सुधार भएको छ। अघिल्लो वर्ष ८.०९ प्रतिशत रहेको पुँजीकोष अनुपात बढेर ८.६८ प्रतिशत पुगेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।