BIZMANDU
www.bizmandu.com

नेपालमा सामसङ ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर साउन २२ गतेदेखि

२०८२ साउन १९

नेपालमा सामसङ ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर साउन २२ गतेदेखि
नेपालमा सामसङ ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर साउन २२ गतेदेखि

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

ग्लोबल अनप्याक्ड पश्चात सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि-अर्डर गर्न मिल्ने जनाएको हो।

ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए.आइ प्रविधिलाई एकसाथ ल्याएको कम्पनीले जनाएको छ। यसले अल्ट्रा-स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्ने र खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्ने जनाइएको छ।

ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट ए.आइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ रहेको जनाइएको छ। यसमा फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइन रहेको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ। ग्यालेक्सी ए.आइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ।’

यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ। अब फोन नखुली नै स्क्रिनमा धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्शन सम्भव छ हुने जनाइएको छ। दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको छ  र ४.१ –इन्चको फ्लेक्सविन्डो ले पूरै सतह ओगटेको छ। जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ।

फोन फोल्ड गरिएको अवस्थामा पनि, प्रयोगकर्ताले फ्लेक्सविन्डो बाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको दाबी छ। फ्लिप७ को मुख्य क्यामेरा  अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटीकता दिन्छ, भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधार मार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ।

नेपालमा यी स्मार्टफोनहरू २५६GB भेरियन्टमा अगस्त ७ (साउन २२) देखि प्रि-अर्डर लिइने कम्पनीले जनाएको छ। प्रि-अर्डरको लागि दर्ता गरि ५ हजारको अग्रिम भुक्तानी गरेपछि ग्राहकहरूले ओटीपी प्राप्त गर्नेछन्। त्यसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोल्डएबल फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन्।