काठमाडौं। चिनियाँ कम्पनी डोङफेङ नामीको एसयूभी ०६ काठमाडौं आइपुगेको छ। आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ को नेपाल भित्र्याएको हो।
कम्पनीले भन्सार प्रायोजनका लागि केही दिन अगाडि गाडीको अधिकतम खुद्रा मूल्य तोकेको थियो। मूल्य भेरियन्ट अनुसार ५७ लाख ९९ हजारदेखि ६२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
ई१ को मूल्य ५७ लाख ९९ हजार, ई२ को मूल्य ६० लाख ९९ हजार र ई२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
गाडीमा ९९ किलोवाट क्षमताको मोटर छ। यस्तै ई१ र ई२ मा ४४.९४ किलोवाट आवर(युनिट) तथा ई२ प्लसमा ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री छ।

यो गाडी आगामी भदौ ३ गतेदेखि हुने नाडा अटो शोमा देख्न पाइने छ।