BIZMANDU
www.bizmandu.com

सवारी लाइसेन्सको अवधि अबदेखि १० वर्ष, सवारी प्रदूषण जाँच निजी क्षेत्रले पनि गर्न पाउने

२०८२ साउन १६

सवारी लाइसेन्सको अवधि अबदेखि १० वर्ष, सवारी प्रदूषण जाँच निजी क्षेत्रले पनि गर्न पाउने
सवारी लाइसेन्सको अवधि अबदेखि १० वर्ष, सवारी प्रदूषण जाँच निजी क्षेत्रले पनि गर्न पाउने

काठमाडौं। सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अवधि अबदेखि १० वर्ष हुने व्यवस्था लागू गरिएको छ।

Tata
GBIME
Nepal Life

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै लाइसेन्स अवधि १० वर्ष पुर्‍याउन गरिएको व्यवस्था सरकारले राजपत्रमा प्रकाशित गरेसँगै लागू भएको हो।

यसघि ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो।

यसैगरी, सवारी प्रदूषण जाँच निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। यसअघि सरकारी कार्यालयले मात्रै प्रदूषण जाँच गर्दै आएकामा अब निजी क्षेत्रलाई पनि बाटो खोलिएको हो।

यातायात व्यवस्था विभागले प्रचलित कानुन बमोजिम स्थापना भई तोकिएको मापदण्ड पूरा गरेको निजी क्षेत्रको सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रलाई प्रमाणपत्र जारी गर्न अनुमति दिन सक्ने राजपत्रमा उल्लेख छ।