BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मनिष श्रेष्ठ चयन

२०८२ साउन १६

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मनिष श्रेष्ठ चयन
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मनिष श्रेष्ठ चयन

पोखरा। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआइवाइईएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन्। शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५-२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

Tata
GBIME
Nepal Life

मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरेका छन्।

नयाँ कार्यसमितिको लर्निङ चेयरका सुगम घिमिरे, मेम्बर इन्टिग्रेसन चेयरमा पुनित अग्रवाल, ग्रोथ एण्ड एक्सपान्सन चेयरमा निदा दुन मल्ल, फाइनान्स चेयरमा यश अग्रवाल, ईन्टरनेसनल रिलेसन्स चेयरमा अंकुर अग्रवाल, स्टार्टअप चेयरमा चिराग सरावागी, नेटवर्क एण्ड कम्युनिकेसन चेयरमा साइनी खेतान र स्टार्टअप को-चेयरमा सुजीत रेग्मी चयन भएका छन्।

मञ्चको वार्षिक साधारण सभामा सबैभन्दा सक्रिय सदस्यको अवार्ड सुदयकान्त झाले प्राप्त गरेका छन्। सबैभन्दा बढी सदस्यता बढाउने मञ्चको लुम्बिनी शाखालाई अवार्ड प्रदान गरिएको छ भने मञ्चबाट सार्क ट्यांक नेपालमा सहभागी हुने मनिष श्रेष्ठ, सुजीत रेग्मी र अरुण अग्रवाललाई टोकन अफ लभ प्रदान गरिएको छ।