BIZMANDU
www.bizmandu.com

एनएमबि सरल बचत फण्डको लाभांश घोषणा, इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल

२०८२ साउन १६

एनएमबि सरल बचत फण्डको लाभांश घोषणा, इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल
एनएमबि सरल बचत फण्डको लाभांश घोषणा, इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल

काठमाडौं। एनएमबि सरल बचत फण्ड-इले इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख रुपैयाँको ४.२७ प्रतिशत दरले हुन आउने १४ करोड ३४ लाख ३४ हजार ९४०.१७ रुपैयाँ बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफलका लागि २०८२ साउन १५ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनी योग्य हुनेछन्।

एनएमबि सरल बचत फण्ड-इको योजना व्यवस्थापक एनएमबि म्युचुअल फण्ड हो।