BIZMANDU
www.bizmandu.com

पेट्रोलको भाउ घट्यो, डिजेल र मट्टितेलमा बढ्यो: समायोजित मूल्य कुनको कति?

२०८२ साउन १५

पेट्रोलको भाउ घट्यो, डिजेल र मट्टितेलमा बढ्यो: समायोजित मूल्य कुनको कति?
पेट्रोलको भाउ घट्यो, डिजेल र मट्टितेलमा बढ्यो: समायोजित मूल्य कुनको कति?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। सञ्चालक समितिको निर्णय अनुसार बिहीबार रातिदेखि लागू हुनेगरि मूल्य समायोजन भएको हो। 

Tata
GBIME
Nepal Life

निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको छ। यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाइएको छ। 

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २१ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रति किलोलिटर अमेरिकी डलर २१ ले बढाइएको छ। 

समायोजित मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा १५६ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १५८ र १५९ रुपैयाँमा कारोबार हुनेछ। 

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १४७ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १४९ र १५० रुपैयाँमा कारोबार हुनेछ।