BIZMANDU
www.bizmandu.com

बीवाइडीको ह्‍याचब्याक गाडी नेपाल आउने पक्का, नाम सिगल, डल्फिन सर्फ वा एटो१ ?

२०८२ साउन १५

बीवाइडीको ह्‍याचब्याक गाडी नेपाल आउने पक्का, नाम सिगल, डल्फिन सर्फ वा एटो१ ?
बीवाइडीको ह्‍याचब्याक गाडी नेपाल आउने पक्का, नाम सिगल, डल्फिन सर्फ वा एटो१ ?

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीको लोकप्रिय ह्‍याचब्याक कार नेपाल आउने पक्का भएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो ह्‍याचब्याक गाडी नेपाली बजारमा ल्याउने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले यो गाडी कुन नेम ट्यागमा ल्याउने भन्ने कुरा अहिलेसम्म खुलाएको छैन। यो गाडी चीनमा सिगल भनेर बिक्री हुन्छ। अन्य देशमा डल्फिन सर्फ र एटो१ को नाममा बिक्री भइरहेको छ। कम्पनीले कुन नाममा नेपाल भित्र्याउने भन्ने कुरा खुलाएको छैन।

यो गाडी दुई वटा भेरियन्टमा उपलब्ध हुने अनुमान गरिएको छ। एउटा ३० किलोवाट आवर(युनिट) क्षमताको लिथियम आईरन फोस्फेट (एलएफपी) ब्लेड ब्याट्री प्याकमा हुनेछ। यसको फुल चार्ज रेन्ज वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेष्ट प्रोसिडियर(डब्लुएलटीपी) २५५ किलोमिटर छ।

यस्तै अर्को भेरियन्टमा ३८.८८ किलोवाट आवर(युनिट) क्षमताको एलएफपी ब्लेड ब्याट्री उपलब्ध हुने अनुमान छ। यसले एक पटकको फुल चार्जमा डब्लुएलटीपी रेन्ज ३२३ किलोमिटर रेन्ज प्रदान गर्नेछ।

यो गाडी नाइमा र नाडाले गर्नेमध्ये कुन अटो शोमा आइपुग्छ भन्ने पनि कम्पनीले खुलाएको छैन।

ह्‍याचब्याक खोज्नेलाई कम्पनीले विकल्प दिन खोजेको हो। बीवाइडीको ह्‍याचब्याक ओसन सिरिजमा आधारित ३.० प्लेटफर्ममा निर्माण गरिएको छ।

यसको इन्टेरियरमा ५ इन्च र १२.८ इन्चका दुईवटा स्क्रिन छ। फ्ल्याट बटमसहितको स्टेरिङ ह्‍वील, वायरलेस चार्जिङ प्याड, दुई कप होल्डर गाडीका विशेषता हुन्।

४ सिटर गाडीको मूल्य कम्पनीले तोक्न बाँकी छ। स्रोतका अनुसार मूल्य ३० लाख रुपैयाँभित्र हुनेछ।