BIZMANDU
www.bizmandu.com

युवा उद्यमीसामु ओलीले भने- स्टार्टअपमा नेपालको भविष्य छ, फेसबुकमा विरोध गर्नेको कुरा नसुनौं

२०८२ साउन १५

युवा उद्यमीसामु ओलीले भने- स्टार्टअपमा नेपालको भविष्य छ, फेसबुकमा विरोध गर्नेको कुरा नसुनौं
युवा उद्यमीसामु ओलीले भने- स्टार्टअपमा नेपालको भविष्य छ, फेसबुकमा विरोध गर्नेको कुरा नसुनौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा ओलीले युवा उद्यमीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौं’ भन्ने भावका साथ अघि बढ्नुपर्ने बताए।

‘हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नति हुँदैछौं। त्यसपछि विकासित मुलुकमा पुुग्नेछौं। हाम्रो देश अरूले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो। प्रविधिको प्रयोग, विकास निर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौं,’ उनले भने, ‘हामी सबै लागेमा वि क्यान डू। नेपाल बन्छ।’

उनले स्टार्टअपमा नेपालको भविष्य रहेको बताए। उनले फेसबुकमार्फत विरोध गर्नेहरुको कुरा नसुन्न उद्यमीहरुलाई आग्रह गरे।

‘कोठामा सिरकभित्र बसेर फेसबुक पोष्टमार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन। उनीहरुको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र हो,’ उनले भने, ‘नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा छ जसले उद्यम गरिरहेको छ र अरुलाई पनि प्रेरणा दिइरहेको छ।’