BIZMANDU
www.bizmandu.com

इरानसँगको पेट्रोकेमिकल व्यापारमा संलग्न ६ भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

२०८२ साउन १५

इरानसँगको पेट्रोकेमिकल व्यापारमा संलग्न ६ भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध
President Donald Trump, center, takes part in a signing ceremony in the President's Room after the 60th Presidential Inauguration, Monday, Jan. 20, 2025, at the U.S. Capitol in Washington. Surrounding the president are, from left, Sen. Amy Klobuchar, D-Minn.; Vice President JD Vance; first lady Melania Trump; House Speaker Mike Johnson, R-La.; and House Majority Leader Steve Scalise, R-La. (Melina Mara/The Washington Post via AP, Pool)

अमेरिकाको राज्य विभागले इरानी पेट्रोकेमिकल उत्पादनको व्यापारमा संलग्न भएको आरोपमा ६ भारतीय कम्पनीसहित दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

हिन्दुस्तान टाइम्सका अनुसार यी भारतीय कम्पनीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०१८ मा हस्ताक्षर गरेको कार्यकारी आदेश अन्तर्गत प्रतिबन्ध लगाइएको हो, जसले प्रतिबन्धित संस्थाहरूले अमेरिकामा राखेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने व्यवस्था गर्दछ।

ट्रम्प प्रशासनको यो कडा कार्बाही हो, जसले इरानको ऊर्जा निर्यातलाई कमजोर पार्ने उद्देश्य राखेको छ। ऊर्जा निर्यात इरानको विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत मानिन्छ।

अमेरिकी राज्य विभागका अनुसार उक्त ६ भारतीय कम्पनीहरूले २०२४ र २०२५ मा इरानी पेट्रोकेमिकल उत्पादन आयात र खरिद गरेर जम्मा २२१ मिलियन डलर बराबरको व्यापार गरेका थिए। ती कम्पनीहरू हुन् – कञ्चन पोलिमर्स, अल्केमिकल सोलुसन्स, रामनिकलाल, जुपिटर डाई केम, ग्लोबल इन्डस्ट्रियल र पर्सिस्टेन्ट पेट्रोकेम प्राइभेट लिमिटेड।

यीमध्ये दुई कम्पनीले संयुक्त अरब इमिरेट्सका कम्पनीहरूसँग व्यापार गरेका थिए, उनीहरुलाई पनि प्रतिबन्धितमा परेका छन्। त्यसैगरी टर्की, इन्डोनेसिया र चीनका केही कम्पनीहरू पनि यस पटकको प्रतिबन्ध सूचीमा परेका छन्।

यसअघि यसै महिना अमेरिकी ट्रेजरी विभागले इरानको तेल व्यापारलाई सहज बनाएको आरोपमा साई सबुरी कन्सल्टिङ (नयाँदिल्लीमा दर्ता) माथि प्रतिबन्ध लगाएको थियो। फेब्रुअरीमा चार भारतीय कम्पनीहरू फ्लक्स म्यारिटाइम एलएलपी, बीएसएम म्यारिन एलएलपी, अस्टिनसिप म्यानेजमेन्ट प्रालि र कोस्मोस लाइन्स इन्कमाथि पनि अमेरिकी ट्रेजरी र राज्य विभागले प्रतिबन्ध लगाइसकेका थिए।

यो सबै कदम इरानको ऊर्जा निर्यात कमजोर पार्ने र तेहरानको विदेशी मुद्रा आम्दानीलाई घटाउने अमेरिकी रणनीतिको हिस्सा हो।