काठमाडौं। महुली लघुवित्त वित्तीय संस्थाको नाफा उच्च उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा संस्थाको नाफा २५५.८० प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ।
अघिल्लो आर्थिक नाफा ३ करोड २१ लाख रुपैयाँ थियो। कर्जा उठाउन नसक्ने वा घाटा हुने रकम (इम्पेरमेन्ट चार्ज) अघिल्लो वर्षभन्दा घटेको छ भने खुद ब्याज आम्दानी बढ्दा संस्थाको नाफामा उच्च वृद्धि भएको हो।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशत बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशत बढेको छ।
असार मसान्तसम्ममा संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा छ। प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा बढेर ३० रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा छ। मूल्य आम्दानी अनुपात ४१.८६ गुणा छ।
संस्थाको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ३.९४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.८० प्रतिशत पुगेको छ। ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ।
संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।