BIZMANDU
www.bizmandu.com

एनसेलले ‘बिज सधैं अन’मा ल्यायो मनसुन बिजनेस अफर, विभिन्न छुटहरू उपलब्ध

२०८२ साउन १४

एनसेलले ‘बिज सधैं अन’मा ल्यायो मनसुन बिजनेस अफर, विभिन्न छुटहरू उपलब्ध
एनसेलले ‘बिज सधैं अन’मा ल्यायो मनसुन बिजनेस अफर, विभिन्न छुटहरू उपलब्ध

काठमाडौं। एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ। नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम यो अफर ल्याएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सक्ने लगायतका सुविधाहरू छन्।

ग्राहकले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाका लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विषेशता हो। यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ।

‘बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन्। त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ,’ एनसेलको विज्ञप्तिमा उल्लेख छ।

यो मनसुन अफरमा ग्राहकले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्ने कम्पनीले बताएको छ। यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना ३ वटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको सेवा निःशुल्क पाउँछ। यसैगरी ५ वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ।

‘उपभोक्तालाई ‘सधैं अन’मार्फत सशक्त बनाउने हाम्रो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरूका साथ कम खर्चमा ग्राहकहरूलाई वर्षभरी निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ। साना, ठूला सबै व्यवसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरुको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।

यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ। जसमा ग्राहकहरूले विशेष छुट पाउँछन्। इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन्।

बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्ने एनसेलले जनाएको छ। ग्राहकहरुले बिज सधैं अन प्लानहरूमा लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउने छन्।