BIZMANDU
www.bizmandu.com

नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा

२०८२ साउन १४

नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा
नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘पीओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले नेपालमै पहिलोपटक ‘एनआइएमबी पीओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआई’को सुविधा सुरु गरिएको जनाएको छ।

बैंकका अनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआइएमबी पीओएस मेसिन’मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (ईएमआइ) सुविधा प्रयोग गर्न सक्नेछन्।

‘यो सुविधा ग्राहकले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटविनै तुरुन्तै उपलब्ध हुनेछ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकले ग्राहकलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउन यो सुविधा ल्याइएको जानकारी दिएको छ। यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकवर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ।

सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधाले डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने बैंकले विश्वास लिएको छ।