BIZMANDU
www.bizmandu.com

सुनको मूल्य १४०० रुपैयाँ बढेर आज प्रति तोला एक लाख ९४ हजार ४०० पुग्यो

२०८२ साउन १४

सुनको मूल्य १४०० रुपैयाँ बढेर आज प्रति तोला एक लाख ९४ हजार ४०० पुग्यो
सुनको मूल्य १४०० रुपैयाँ बढेर आज प्रति तोला एक लाख ९४ हजार ४०० पुग्यो

काठमाडौं । सुनको मूल्यमा आज बढोत्तरी भएको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला एक लाख ९४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुन तोलामा ६०० रुपैयाँ घट्दा प्रति तोला एक लाख ९३ हजार रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँ बढेर प्रति तोला २ हजार ३१० रुपैयाँ भएको छ।

मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढ्दा कारोबार मूल्य प्रति तोला २ हजार ३०० रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रतिऔंस ३३२९.९९ डलर रहेको छ। चाँदी प्रतिऔंस ३८.२३ डलर छ।