काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल मंगलबार चीनसँगको मुख्य व्यापारिक नाका रसुवा पुगेका छन्।
उनी गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक निरीक्षणका क्रममा चीनसँगको नाका पुगेका हुन्। असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा नाका बन्द छ।

बाढीले दुई देशलाई जोड्ने पुल नै बगाएको थियो। बाढीले क्षति पुगेको सडक काम चलाउ खालको बनाइएको छ। मन्त्री दाहालले सडक भरपर्दो बनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
चीनले यसअघि नै बेलीब्रिज बनाएर नाका खोल्ने बताइसकेको छ।