BIZMANDU
www.bizmandu.com

एथरको ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता नेपाल भित्रियो, मूल्य ३ लाख ८३ हजार

२०८२ साउन १३

एथरको ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता नेपाल भित्रियो, मूल्य ३ लाख ८३ हजार
एथरको ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता नेपाल भित्रियो, मूल्य ३ लाख ८३ हजार

काठमाडौं । भारतीय दुई पाङ्ग्रे इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्ता जेड एमएक्स०८ नेपाली बजारमा लन्च भएको छ। एथरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इर्नजी प्रा लिले स्कुटर नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले स्कुटरको आधिकतम खुद्रा मूल्य मंगलबार सार्वजनिक गरेको छ। यसको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकिएको छ।

कम्पनीले गत वर्ष बैंग्लोरमा एथर कम्युनिटी डे २०२४ आयोजना गर्दै उक्त फिचर लोडेड स्कुटर सार्वजनिक गरेको थियो। भारतमा लन्च भएको एक वर्षपछि स्कुटर नेपालमा आएको हो। यो स्कुटर नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिनेछ।

यसमा रेटेड मोटर पावर ३.३ किलोवाट क्षमताको रहेको छ। साथै ब्याट्री पावर ३.७ किलोवाट आवर (युनिट) क्षमताको छ। स्कुटरले फूल चार्जमा १६० किलोमिटरको रेन्ज दिन्छ। यसमा ट्रयाक्सन कन्ट्रोलको पनि सुविधा दिइएको छ।

यसमा ५६ लिटर सामान अटाउने बुट स्पेस अर्थात स्कुटरको डीकी रहेको छ। यसमा सपिङ गर्दा सामान हाल्ने त्यसपछि घरमा लिएर जानको लागि समेत ब्यागको व्यवस्था छ। जुन डीकीको साइजमा बनाइएको छ। जसले गर्दा धेरै स्थानमा सपिङ गरेर स्कुटर पार्किङ गरेपछि डीकीमा एट्याच गरिएको ब्यागमा सामन लिएर जान सकिन्छ।

यो स्कुटरमा आइपी ६७ सर्टिफाइट पनि छ। जसले गर्दा ४०० एमएमसम्मको पानी जकेको स्थानमा पनि मज्जाले रिज्ता स्कुटर चलाउन सकिन्छ।

यो स्कुटरले ओला र टीभीएसको आईक्युव स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ। यी स्कुटरमा बुट स्पेस ४३ लिटरसम्मको मात्र छ। तर एथरमा ५६ लिटरको बुट स्पेस छ।

रिज्ता भारतको पहिलो विद्युतीय स्कुटर हो जसमा ट्र्याक्सन कन्ट्रोल सिस्टम छ। यो ह्वील-स्पीड इनेबल युनिट हो, जुन यामाहा एरोक्स १५५ मा पनि छ।

यसको एस भेरियन्टमा ४५० एसमा भएको जस्तै डिपभ्यू एलसीडी ड्यास छ भने जी भेरियन्टमा ४५० एक्स लाइनअपमा भए जस्तै टीफटी ड्यास राखिएको छ। यो नयाँ स्कुटर ७ वटा रंग उपलब्ध छन्।

रिज्दामा दुई वटा जिप र स्मार्ट इको ड्राइभिङ मोडहरू रहेका छन्। जिपले पर्फर्मेन्स राम्रो दिन्छ भने स्मार्ट इको मोडले ड्राइभिङ रेन्ज राम्रो दिन्छ। यी मोडहरूसँग रिभर्स, हिल-होल्ड र म्याजिक ट्विस्ट जस्ता सुविधाहरू पनि समावेश छन्।