BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकको एफपीओ बाँडफाँट, ९ लाख २५ हजार आवेदकले पाए १०/१० कित्ता सेयर

२०८२ साउन १३

हिमालयन बैंकको एफपीओ बाँडफाँट, ९ लाख २५ हजार आवेदकले पाए १०/१० कित्ता सेयर
हिमालयन बैंकको एफपीओ बाँडफाँट, ९ लाख २५ हजार आवेदकले पाए १०/१० कित्ता सेयर

काठमाडौं। हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ। बैंकको एफपीओ मंगलबार सेयर निष्कासन तथा बिक्री प्रबन्धकले बाँडफाँट गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकको सेयर ९ लाख २५ हजार ४६ आवेदकले १० कित्ताका दरले हात पारेका छन्। बैंकले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियमसहित १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो।

बैंकको एफपीओमा १८ लाख २५ हजार ९२२ आवेदकले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि निवेदन दिएकामा आधाको हात रित्तो भएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गरेको थियो। सेयर लगानीकर्ताले मेरो सेयर र सीडीएस एण्ड क्लियरिङको वेभसाइटबाट एफपीओको नतिजा हेर्न सक्नेछन्।

बैंकले साधारण सेयरको हिस्सा बढाएर ३० प्रतिशत पुर्‍याउनका लागि एफपीओ निष्कासन गरेको हो। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ छ। त्यसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको हो।