BIZMANDU
www.bizmandu.com

सेयर लगानीकर्तालाई एनआईसी एसिया बैंकको नयाँ योजना, ८.१७ प्रतिशत ब्याजदरमा ऋण

२०८२ साउन १२

सेयर लगानीकर्तालाई एनआईसी एसिया बैंकको नयाँ योजना,  ८.१७ प्रतिशत ब्याजदरमा ऋण
सेयर लगानीकर्तालाई एनआईसी एसिया बैंकको नयाँ योजना, ८.१७ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं। एनआईसी एसिया बैंकले सेयर लगानीकर्तालाई ८.१७ प्रतिशत ब्याजदरमा ऋण दिने योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा सेयर धितो राखेर कर्जा दिने योजना ल्याएको हो।

अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयर बजारको माग सम्बोधन गर्न कर्जा योजना ल्याएको बैंकले जनाएको छ।

‘ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको सेयर बैंकमा धितो राखेर १८० दिनको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नु हुनेछ,’ बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत भनेको छ।

यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा पाउनेछन्। आवश्यक कागजात प्राप्त भएपश्चात ३ कार्य दिनभित्र कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।