BIZMANDU
www.bizmandu.com

सेयर बजारमा थपिने भो रियल सेक्टरको कम्पनी, सागर डिष्टिलरीले पायो आइपीओ बेच्ने अनुमति

२०८२ साउन १२

सेयर बजारमा थपिने भो रियल सेक्टरको कम्पनी, सागर डिष्टिलरीले पायो आइपीओ बेच्ने अनुमति
सेयर बजारमा थपिने भो रियल सेक्टरको कम्पनी, सागर डिष्टिलरीले पायो आइपीओ बेच्ने अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले १९ महिनापछि वास्तविक क्षेत्रका कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

सेबोनले सोमबार सागर डिष्टिलरीलाई आइपीओ निष्कासन अनुमति दिएको हो। कम्पनीले २०८१ असोजमा आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको थियो।

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा चुक्ता पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्नेछ। कम्पनीले १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।

यसअघि वास्तविक क्षेत्रको कम्पनी सर्वोत्तम सिमेन्टले २०८० पुसमा बुक बिल्डिङबाट सेयर निष्कासनका लागि स्वीकृति पाएको थियो।