BIZMANDU
www.bizmandu.com

मन्त्री पाण्डेले पाँच उद्देश्यसहित ल्याए पर्यटन नीति, टुरिजम स्याटेलाइट एकाउन्ट तयार गरिने

२०८२ साउन १२

मन्त्री पाण्डेले पाँच उद्देश्यसहित ल्याए पर्यटन नीति, टुरिजम स्याटेलाइट एकाउन्ट तयार गरिने
मन्त्री पाण्डेले पाँच उद्देश्यसहित ल्याए पर्यटन नीति, टुरिजम स्याटेलाइट एकाउन्ट तयार गरिने

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’को दूरदृष्टिसहित पर्यटन नीति सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

पर्यटनमन्त्री बद्री पाण्डेले सोमबार मन्त्रालयमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिको उपस्थितिमा पर्यटन नीति सार्वजनिक गरे। नीतिमा ५ वटा उद्देश्य लिइएको छ।

पर्यटकीय वस्तु पहिचान, विकास, प्रवर्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटकीय पूर्वाधार विकास, पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार, पर्यटन प्रवर्धनमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जनालाई नीतिको उद्देश्य भनिएको छ।

मन्त्री पाण्डेले पर्यटन प्रवर्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नीति तर्जुमा गरेको बताए। उनले पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालस्थित विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली आबद्ध सङ्घसंस्थासँग सहकार्य गर्ने बताए।

पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न एक वर्षभित्र टुरिजम स्याटेलाइट एकाउन्ट तयार गर्ने भनिएको छ। पर्यटन प्रवर्धनका लागि आवश्यक छूट र सहुलियतको व्यवस्था गर्ने नीतिमा उल्लेख छ।