BIZMANDU
www.bizmandu.com

भूमि विधेयकबारे विश्वप्रकाश शर्मा : प्रस्तावित व्यवस्था हटाउनैपर्छ, नत्र वन फडानी बढ्छ

२०८२ साउन १२

भूमि विधेयकबारे विश्वप्रकाश शर्मा : प्रस्तावित व्यवस्था हटाउनैपर्छ, नत्र वन फडानी बढ्छ
भूमि विधेयकबारे विश्वप्रकाश शर्मा : प्रस्तावित व्यवस्था हटाउनैपर्छ, नत्र वन फडानी बढ्छ

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा प्रयोजनका लागि लिएको हदबन्दीभन्दा बढी जग्गा अर्को प्रयोजनका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था गर्न नहुने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि सोमबार प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गिरीबन्धु टी-इस्टेटलाई लक्षित गर्दै एउटा प्रयोजनका लागि लिएको हदबन्दीभन्दा बढी जग्गा अर्को प्रयोजनका लागि बिक्री गर्न पाउने प्रस्तावित व्यवस्था हटाइनुपर्ने बताए।

उनले सरकारले विधेयकमा प्रस्ताव गरेको व्यवस्थाको दुरुपयोग हुने र वन क्षेत्रको फडानी बढ्ने बताए।

‘म सरकारको नियतमा शंका गर्न चाहन्न। तर, भविष्यमा दुरूपयोग नहोला भन्न सकिन्न। विधेयकमा प्रस्तावित व्यवस्थाले आगामी दिनमा वन क्षेत्रको आकार झनै घटेर जान्छ। वन क्षेत्रलाई जोगाउने कुरामा कतै कमी कमजोरी हुन दिनु हुँदैन,’ उनले भने, ‘एउटा प्रयोजनका लागि लिएको जमीन अर्को कामका लागि प्रयोग गर्न पाउने प्रस्तावित व्यवस्था विधेयकबाट हटाउनु पर्छ।’

उनले प्रस्तावित व्यवस्थालाई लिएर विधेयक नै फिर्ता लिनुपर्छ भन्ने माग दलहरुबाट आइरहेको भन्दै यसमा साझा मत आवश्यक रहेको बताए।