BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँतको उपचार गर्दा १५% सम्म छुट

२०८२ साउन १२

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँतको उपचार गर्दा १५% सम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँतको उपचार गर्दा १५% सम्म छुट

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा दाँतको उपचार सेवामा छुट पाउने भएका छन्। बैंकले छुट उपलब्ध गराउने विषयमा हस्पिटलसँग सम्झौता भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

यस सम्झौतापछि बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँतको उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार ग्राहकले हस्पिटलका जनरल हस्पिटल सेवाहरु ल्याब टेस्ट, बेड चार्ज, आइसीयू, पोस्ट अप बेड चार्जमा १५ प्रतिशत छुट पाउने छन्। त्यस्तै, फिजियोथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरू डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरटीसी र एक्स्ट्र्याक्सनमा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा डेन्टल इम्प्लान्ट्स, भिनियर, ब्रेसेस एलाइनर, डर्माटोलोजिस्टमा ७ प्रतिशत छुट पाइनेछ।

काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलका साथै कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सकिनेछ।

यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।