BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोखरेलले २५ महिनामा दिइन् राजीनामा

२०८२ साउन १२

नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोखरेलले २५ महिनामा दिइन् राजीनामा
नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोखरेलले २५ महिनामा दिइन् राजीनामा

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोखरेलले राजीनामा दिएकी छन्।

Tata
GBIME
Nepal Life

पोखरेलले पारिवारिक, व्यक्तिगत र स्वास्थ्यको कारण जनाउँदै कम्पनीको सञ्चालकबाट राजीनामा दिएकी हुन्।

उनी २०८० असार १५ गते भएको कम्पनीको ८औं वार्षिक साधारण सभाबाट निर्विरोधरुपमा सञ्चालक चयन भएकी थिइन्। उनले कम्पनीको सञ्चालक समितिमा संस्थागत लगानीकर्ताको प्रतिनिधित्व गर्दै आएकी थिइन्।

पोखरेलले साउन २ गते दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको आइतबारको बैठकले स्वीकृत गरेको छ।