BIZMANDU
www.bizmandu.com

सीएनआईका १९ वटा संयन्त्रले पाए नयाँ नेतृत्व, रोजगारदाता परिषद्को सभापतिमा रिजाल

२०८२ साउन ११

सीएनआईका १९ वटा संयन्त्रले पाए नयाँ नेतृत्व, रोजगारदाता परिषद्को सभापतिमा रिजाल
सीएनआईका १९ वटा संयन्त्रले पाए नयाँ नेतृत्व, रोजगारदाता परिषद्को सभापतिमा रिजाल

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले क्षेत्रगतरुपमा काम गर्ने गरी विभिन्न ११ वटा समिति, ५ काउन्सिल र तीनवटा फोरम गठन गरेको छ।

Tata
GBIME
Nepal Life

सीएनआईले उद्योग, राजस्व, मेक इन नेपाल स्वदेशी, ग्लोबल बिजनेस तथा डायस्पोरा, पूर्वाधार, बैंकिङ तथा फाइनान्स, पर्यटन, कृषि तथा म्याप, प्रदेश तथा जिल्ला समन्वय, सदस्यता र उत्पत्तिको प्रमाणपत्र समिति गठन गरेको हो।

यस्तै शिक्षा तथा सीप, स्वास्थ्य, रोजगारदाता, उर्जा विकास र सूचना प्रविधि परिषद्, सीइओज् फोरम, महिला नेतृत्व फोरम र स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन गरिएको सीएनआईले जनाएको छ।

सीएनआईले समितिका सभापति र उपसभापति चयनसमेत गरेको छ।

उद्योग समितिमा राहुल अग्रवाललाई सभापति र गुरु अधिकारीलाई उपसभापति, राजस्व समितिमा गोपाल अग्रवाललाई सभापति तथा दीपक कुमार अग्रवाल र शेषमणि दाहाललाई उपसभापति, कृषि तथा म्याप समितिमा हितेश गोल्छालाई सभापति, मेक इन नेपाल स्वदेशी समितिमा प्राशी अग्रवाललाई सभापति र विदूषी राणालाई उपसभापति बनाइएको छ।

यस्तै ग्लोबल बिजनेस तथा डायस्पोरा समितिमा सभापतिको जिम्मेवारी चन्द्र चण्डन र उपसभापतिको जिम्मेवारी वर्ण न्यौपानेले पाएका छन्।

पूर्वाधार समितिको सभापति रामकृष्ण खतिवडा र उपसभापति बसन्त चन्द, बैंकिङ तथा फाइनान्स समितिको सभापति वरुण कुमार तोदी, पर्यटन समितिको सभापति पम्फा धमला तथा उपसभापति अशोक पोखरेल र रोमी अर्याललाई बनाइएको छ।

यस्तै प्रदेश तथा जिल्ला समन्वय समिति सभापतिको जिम्मेवारी लेखराज पोखरेल र उपसभापतिको जिम्मेवारी पवन कुमार शारडाले पाएका छन्। सदस्यता समितिको सभापति गौरव शारडालाई बनाइएको छ। उत्पत्तिको प्रमाणपत्र समितिको नेतृत्व आकाश गोल्छाले पाएका छन्।

शिक्षा तथा सीप परिषद्को सभापति आषिश जजोडिया र उपसभापति यश अग्रवाल, स्वास्थ्य परिषद्को सभापति मनिष खेम्का र उपसभापति आशिष अग्रवाल, रोजगारदाता परिषद्को सभापति ध्रुव रिजाल, उर्जा विकास परिषद्को सभापति आशिष गर्ग र उपसभापति सन्जीव न्यौपानेलाई बनाइएको छ।

यस्तै सूचना प्रविधि परिषद् सभापतिको जिम्मेवारी सन्जय गोल्छाले पाएका छन्। सीइओज् फोरमको सभापति हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरमको सभापति विदूषी राणा र उपसभापति आश्रयता कार्की, स्टार्टअप तथा युवा उद्यमी मञ्चको सभापति अनुराग गोयल र उपसभापति आशिष अग्रवाललाई बनाइएको छ।

सचिवालयमा आयोजित कार्यक्रममा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आइतबार समिति, काउन्सिल र फोरमका सभापति तथा उपसभापतिलाई मनोनयन पत्र प्रदान गरे। समितिको सहयोगमा सीएनआईले आगामी दुई वर्षमा प्रभावकारी रुपमा काम गर्ने विश्वास पाण्डेले व्यक्त गरे।