काठमाडौं। आइएमई मोटर्सले ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ जितेको छ। अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेसनल अपरेसन क्याटेगोरीअन्तर्गत आइएमई मोटर्सले उक्त अवार्ड जितेको हो।
अशोक लेल्यान्डसँगको साझेदारीको एक दशक पूरा भइरहँदा उक्त अवार्डले सहकार्यमा थप ऊर्जा भरेको आइएमई मोटर्सले जनाएको छ। कम्पनीका अनुसार अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको १० वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।
आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुँदा आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताए। निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यसले थप उत्साह थपेको उनको भनाइ छ।
अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाइनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबुत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।
आइएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने श्रेष्ठले उल्लेख गरे।