काठमाडौं। सेयर बजार आइतबार ३००२.२० अंकमा पुगेको छ। नेप्से परिसूचक आइतबार कारोबार खुलेको ६ मिनेटमा २०.१६ अंकले बढेर एक वर्षअघिको उचाइ तोडेको हो।
गत आर्थिक वर्ष साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसदिन २९ अर्ब ९५ करोड रुपैयाँसहित कारोबारमा रेकर्ड कायम भएको थियो।
नेप्सेले आइतबार इन्ट्रा डेमा ४ वर्षयताकै उचाइ लिएको छ। यसअघि २०७८ भदौ २ गते ३१९८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्से त्यसपछि ओरालो लागेको थियो।
त्यसपछि सुस्ताएको बजारले पोहोर साउन मसान्तमा कारोबार रकममा कीर्तिमान बनाए पनि इन्डेक्सको रेकर्ड ब्रेक गर्न भने सकेन। चालु वर्ष नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीति र सूचकहरु बजार अनुकूल हुँदा नेप्से असार अन्ति सातायता निरन्तर उकालो लागिरहेको छ।