BIZMANDU
www.bizmandu.com

स्रोत नखुलेको १० लाख नगदसहित लहानको अस्पताल चोकबाट भारतीय नागरिक पक्राउ

२०८२ साउन १०

स्रोत नखुलेको १० लाख नगदसहित लहानको अस्पताल चोकबाट भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित लहानको अस्पताल चोकबाट भारतीय नागरिक पक्राउ

सिरहा। सिरहाको लहान-३ अस्पताल चोकबाट आज सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा बेस क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।