BIZMANDU
www.bizmandu.com

गोकुल बाँस्कोटाले भने- दुई तिहाइ भनेर भएन, नक्कली रिपोर्ट बनाउनबाट मन्त्रीहरु मुक्त बनुन्

२०८२ साउन ९

गोकुल बाँस्कोटाले भने- दुई तिहाइ भनेर भएन, नक्कली रिपोर्ट बनाउनबाट मन्त्रीहरु मुक्त बनुन्
गोकुल बाँस्कोटाले भने- दुई तिहाइ भनेर भएन, नक्कली रिपोर्ट बनाउनबाट मन्त्रीहरु मुक्त बनुन्

काठमाडौं। सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले मन्त्रीहरुमाथि काम नै नगरी नक्कली रिपोर्ट बनाएको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा पटक पटक ताकेता गर्दा पनि काम नभएको भन्दै दुई तिहाइको सरकार भनेर मात्र जनताले विकासको अनुभूति गर्न नसक्ने बताए।

उनले खासगरी काभ्रेका दुईवटा पुल निर्माणको विषयलाई लिएर सरकारप्रति आफ्नो असन्तुष्टि पोखेका हुन्। ‘मन्त्रीहरु के काम गर्नुहुन्छ? उहाँहरुको संयन्त्रले के काम गर्छ? चार वर्ष अगाडि ठेक्का लाग्यो। चेहेरेको पुल। काभ्रे र सिन्धुपाल्चोकका कतिपय भाग जोड्ने। १४ करोडमा। ह्वाङ्ग दुईटा पिलर उठाएको छ। एउटा फक्ल्याटो हाल्या छ। बाँकी बनाएको छैन। दश चोटी भनिसकियो कान खुल्दैन,’ उनले भने, ‘दुई तिहाइ भनेर मात्र भएन। कागजको रिपोर्ट दिएर मात्र भएन। काम हुनुपर्‍यो म माग गर्न चाहन्छु।’

उनले बजेट विनियोजन भएको अर्को पुल बनाउन सुरु नै नभएको विषयमा प्रश्न उठाए। ‘चाखोलाको ५० किलोको पुल त्यस्तै छ। पोहोर पैसा राख्या छ। अनि काम केही पनि गर्‍या छैन। के रिपोर्ट आउँछ? यसखालका विकास प्रक्रियाबाट नक्कली रिपोर्ट बनाउने कामबाट मन्त्रीहरु मुक्त बनुन्,’ उनले भने।