काठमाडौं। सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा संचालनमा ल्याएको छ।
यसअन्तर्गत ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटीएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ। साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/ विदेशी मुद्रा सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ।