BIZMANDU
www.bizmandu.com

सुनको मूल्य घटेर तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ, चाँदीमा ५ रुपैयाँ बढ्यो

२०८२ साउन ९

सुनको मूल्य घटेर तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ, चाँदीमा ५ रुपैयाँ बढ्यो
सुनको मूल्य घटेर तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ, चाँदीमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। शुक्रबारको लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९४ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनको भन्दा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो। बिहीबार सुन २ हजार ४०० रुपैयाँले घटेर प्रति तोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार भने सुन प्रति तोला एक लाख ९७ हजार ६०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला २ हजार ३४० रुपैयाँ भएको हो। बिहीबार चाँदी प्रति तोला १५ रुपैयाँ घटेर प्रति तोला २ हजार ३३५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम छ। शुक्रवार सुन घटेर प्रतिऔंस ३३६१ डलर छ। चाँदी प्रतिऔंस ३८.९७ डलर रहेको छ।