BIZMANDU
www.bizmandu.com

प्रचण्ड-जनार्दन विवाद उत्कर्षमा, ‘मैले प्रशस्त सिंगौरी खेल्न दिएको छु, कमजोरी नठानियोस्’

२०८२ साउन ७

प्रचण्ड-जनार्दन विवाद उत्कर्षमा, ‘मैले प्रशस्त सिंगौरी खेल्न दिएको छु, कमजोरी नठानियोस्’
प्रचण्ड-जनार्दन विवाद उत्कर्षमा, ‘मैले प्रशस्त सिंगौरी खेल्न दिएको छु, कमजोरी नठानियोस्’

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र भिन्न विचार राख्ने नेताहरुप्रति आफू उदार रहेको दाबी गरेका छन्।

Tata
GBIME
Nepal Life

पुष्पलाल स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा प्रचण्डले आफूले कसैलाई पनि पार्टीबाट ननिकालेको र छलफलका लागि पर्याप्त समय दिएको बताए।

उनले भिन्न मत राख्दै आएका उपमहासचिव जनार्दन शर्मामाथि आफूसँग सिंगौरी खेल्न खोजेको आरोप लगाए। छलफल र बहसका लागि आफू उदार भएको विषयलाई कमजोरीका रुपमा नलिन प्रचण्डले जनार्दनलाई चेतावनी दिए।

‘अहिले पनि केही साथीहरुले ल न त भनेर अलि अलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नु भएको छ। उहाँहरुलाई मैले प्रशस्त सिंगौरी खेल्न दिएको छु,’ उनले भने, ‘अस्ति डेढ महिना परामर्श भन्दै देशभरी लिएरै हिंडे। त्योभन्दा बढी गर्ने के हो जनवाद?,’ प्रचण्डले भने।

उनले बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द लगायत कुनै पनि नेतालाई आफूले पार्टीबाट ननिकालेको बताए।

जनार्दनले मंगलबार सार्वजनिक कार्यक्रममार्फत माओवादीमा लोकतन्त्र नरहेको र नेतृत्वले निरंकुशता लादेको बताएका थिए।