BIZMANDU
www.bizmandu.com

१३ वर्ष मुनिका बालबालिकालाई स्मार्टफोन र सोसल मिडिया असुरक्षित : अध्ययन

२०८२ साउन ७

१३ वर्ष मुनिका बालबालिकालाई स्मार्टफोन र सोसल मिडिया असुरक्षित : अध्ययन
१३ वर्ष मुनिका बालबालिकालाई स्मार्टफोन र सोसल मिडिया असुरक्षित : अध्ययन

बालबालिकाहरुलाई स्मार्टफोन र सोसल मिडिया प्रयोगबाट टाढा राख्नुपर्ने एक अध्ययनले देखाएको छ। हालै सार्वजनिक भएको अध्ययनले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई स्मार्टफोन र सोसल मिडिया चलाउन दिन नहुने देखाएको हो।

Tata
GBIME
Nepal Life

१३ वर्षभन्दा अघि स्मार्टफोन प्रयोग गरे त्यसको असर बालबालिकाको मानसिक स्वास्थ्यमा पर्ने अध्ययनको निष्कर्ष छ।

अध्ययनमा गरिएको सर्वेक्षणमा १३ वर्षभन्दा मुनिका स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा आत्महत्याको विचार आउनुका साथै उनीहरुमा भावनात्मक नियन्त्रण अत्यन्तै कमजोर देखिएको छ। अझ यसबाट बालिकाहरु धेरै असुरक्षित र प्रभावित हुने देखिएको छ। जर्नल अफ द ह्युमन डेभलप्मेन्ट एन्ड क्यापबिलिटिजमा प्रकाशित अध्ययनमा ती बालबालिका वास्तविकताबाट टाढा हुने पनि देखिएको छ।

अध्ययनका क्रममा स्मार्टफोन प्रयोग गर्ने १३ वर्ष मुनिका बालबालिकाहरुमा निन्द्रा कम लाग्ने, साइबर बुलिङबाट पीडित हुने र नकारात्मक परिवार सम्बन्धको असर पर्ने गरेको देखिएको छ।

यो अध्ययनका क्रममा १६३ वटा देशबाट करिब २० लाख मानिसको सर्वेक्षण गरिएको थियो। अध्ययनकर्ताहरुले १३ वर्ष मुनिका बालबालिकालाई स्मार्टफोन चलाउनबाट रोक्न विश्वव्यापी आह्वान गर्नुपर्ने सुझाव पनि दिएको छ।