BIZMANDU
www.bizmandu.com

वाणिज्य विभागले सुभाष ट्रेडर्सलाई तिरायो ३ लाख जरिवाना, वस्तु विक्री गर्न रोक्

२०८२ साउन ६

वाणिज्य विभागले सुभाष ट्रेडर्सलाई तिरायो ३ लाख जरिवाना, वस्तु विक्री गर्न रोक्
वाणिज्य विभागले सुभाष ट्रेडर्सलाई तिरायो ३ लाख जरिवाना, वस्तु विक्री गर्न रोक्

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका-३२ स्थित सुभाष ट्रेडर्सलाई कारबाही गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले कम्पनीलाई ३ लाख रुपैयाँ जरिवाना गर्नुका साथै वस्तु बिक्री वितरणमा रोक् लगाएको छ।

कम्पनीसँग व्यवसायसँग सम्बन्धित कागजपत्र माग गरिएको विभागले जनाएको छ। यसका लागि कम्पनीलाई तीन दिनको समय दिइएको छ।

विभागले द लोटस इन्टरनेसनल एजुकेसन फाउण्डेसनलाई ५० हजार जरिवाना तिराएको छ।

नयन एजुकेसन कन्सल्टेन्सी र ब्राइटोन क्यारियर कन्सल्टयान्टसलाई कागजपत्रसहित ३ दिनभित्र विभागमा हाजिर हुन भनिएको छ।