BIZMANDU
www.bizmandu.com

‘ओलीलाई अरु केटाकेटी हुन् भन्ने लागेको छ, माधव समूहबाट मैले नै उनलाई ल्याएको हुँ’

२०८२ साउन ६

‘ओलीलाई अरु केटाकेटी हुन् भन्ने लागेको छ, माधव समूहबाट मैले नै उनलाई ल्याएको हुँ’
‘ओलीलाई अरु केटाकेटी हुन् भन्ने लागेको छ, माधव समूहबाट मैले नै उनलाई ल्याएको हुँ’

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली सर्वेसर्वा हुन खोजेको आरोप लगाएकी छन्।

Tata
GBIME
Nepal Life

आज बूढानीलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै भण्डारीले एमाले अध्यक्षसमेत रहेका ओलीमाथि टिखा टिप्पणी गरेकी हुन्।

ओलीले भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक्न खोजेका छन्। र, भण्डारीको समर्थनमा रहेका नेताहरुलाई कारबाहीको चेतावनी पनि दिएका छन्।

त्यही अवस्थाबारे भण्डारीले भनिन्, ‘पार्टी भित्र म बाहेक अरु नेतृत्व गर्ने कोही छैन भन्ने ओलीलाई लागेको छ। अर्को नेतृत्व देख्नु भएको छैन। अरु केटाकेटी हुन भन्ने लागेको छ।’

भण्डारीले आफू माझ किराँतको छोरी भएको भन्दै ओलीलाई आफैले माधव नेपाल समूहबाट ल्याएको बताइन्।

उनले राष्ट्रपति बन्दा आफ्नो परिवारमा खुशी नछाएको भन्दै पार्टीमै फर्किनेबारे त्यही बेला नै ओलीसँग छलफल हुने गरेको पनि बताइन्।

‘म राष्ट्रपति हुँदा पनि ओलीसँग पार्टीमै फर्कन्छु भन्ने कुरा हुन्थ्यो। त्यति बेला पनि उहाँले हुन्न भन्नु भएको होइन। छोरीहरुले राष्ट्रपति भएर बुबाको सपना पूरा हुन्छ भन्थिन्।’

भण्डारीले आफ्नो एमाले सदस्यता ‘पेन्डिङ’ मा राखेको बारे ओलीलाई प्रश्न पनि गरेको बताइन्।

‘ओलीलाई सोधेको हुँ। उहाँले राजनीतिक कुरा हो भन्नु भयो,’ भण्डारीको जिकिर छ।