BIZMANDU
www.bizmandu.com

पेट्रोलियम पदार्थको आयात बढ्यो, पौने तीन खर्बको आयात, सरकारलाई राजस्वचाहिं कति?

२०८२ साउन ६

पेट्रोलियम पदार्थको आयात बढ्यो, पौने तीन खर्बको आयात, सरकारलाई राजस्वचाहिं कति?
पेट्रोलियम पदार्थको आयात बढ्यो, पौने तीन खर्बको आयात, सरकारलाई राजस्वचाहिं कति?

काठमाडौं। पेट्रोलियम पदार्थको आयात बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २ खर्ब ७४ अर्ब २७ करोड रुपैयाँको पेट्रोल, डिजल, हवाई इन्धन र एलपी ग्यास आयात भएको छ।

Tata
GBIME
Nepal Life

यसबाट सरकारले १ खर्ब १५ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष २ खर्ब ८८ अर्ब ४७ करोड रुपैयाँको आयात भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले आयात भएको मूल्य केही कम देखिए पनि परिमाणका आधारमा आयात बढेको छ।

गत वर्ष १ खर्ब २८ अर्ब रुपैयाँको १४ लाख ६६ हजार २८५ किलोलिटर डिजल आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा ५४ हजार ८४५ किलोलिटर बढी हो।

पेट्रोलको आयात पनि ५८ हजार ४८९ किलोलिटर बढेको छ। गत आर्थिक वर्ष ६४ अर्ब १२ करोड रुपैयाँको ७ लाख ४६ हजार ४२० किलोलिटर पेट्रोल आयात भएको छ।

यस्तै हवाई इन्धन १८ अर्ब ७९ करोड रुपैयाँको २ लाख १० हजार १२ किलोलिटर आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १२ हजार १८२ किलोलिटर धेरै हो।

एलपी ग्यासको आयात ३ करोड ४० लाख ८ हजार २०२ केजी बढेको छ। गत आर्थिक वर्ष ६२ अर्ब ५८ करोड रुपैयाँ बराबरको ५५ करोड ४६ लाख १२ हजार ६९८ केजी ग्यास आयात भएको छ।

सरकारले पेट्रोलियम पदार्थबाट एक वर्षमा १ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।