BIZMANDU
www.bizmandu.com

डोङफेङ नामी ०६ र डिपल एस०५ छिट्टै नेपाल ल्याइँदै, मूल्य ५८ लाखदेखि ६८ लाखसम्म

२०८२ साउन ६

डोङफेङ नामी ०६ र डिपल एस०५ छिट्टै नेपाल ल्याइँदै, मूल्य ५८ लाखदेखि ६८ लाखसम्म
डोङफेङ नामी ०६ र डिपल एस०५ छिट्टै नेपाल ल्याइँदै, मूल्य ५८ लाखदेखि ६८ लाखसम्म

काठमाडौं। नेपाली बजारमा चांगन डिपल र डोङफेङ नामी ब्रान्डका नयाँ दुई वटा इलेक्ट्रिक एसयूभी थपिने भएका छन्। यी दुवै ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले भन्सार पासका लागि गाडीको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ को मूल्य भेरियन्ट अनुसार ५७ लाख ९९ हजारदेखि ६२ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

ई१ को मूल्य ५७ लाख ९९ हजार, ई२ को मूल्य ६० लाख ९९ हजार र ई२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा ९९ किलोवाट क्षमताको मोटर छ। यस्तै ई१ र ई२ मा ४४.९४ किलोवाट आवर(युनिट) तथा ई२ प्लसमा ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री छ।

यस्तै चांगन डिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले डिपल एस०५ का पनि ३ वटा भेरियन्ट नेपाल ल्याउने भएको छ।

डिपल एस०५ लाइटको मूल्य ६२ लाख ९९ हजार, एस०५ प्लसको मूल्य ६५ लाख ९९ हजार र एस०५ म्याक्सको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यसमा पनि ९९ किलोवाट क्षमताको मोटर छ। कम्पनीका अनुसार यो मूल्य गाडी बिक्री गर्ने समयमा थपघट हुन सक्नेछ।

गाडी केही दिनमा नेपाली बजारमा ल्याइँदैछ। कम्पनीले आगामी भदौमा हुने नाडा अटो शोमा यी गाडी राख्नेछ।