BIZMANDU
www.bizmandu.com

नेपाल इन्स्योरेन्सको ६५ करोड ७६ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला

२०८२ साउन ६

नेपाल इन्स्योरेन्सको ६५ करोड ७६ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला
नेपाल इन्स्योरेन्सको ६५ करोड ७६ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला


काठमाडौं । नेपाल इन्योरेन्स कम्पनीले हकप्रदर सेयर निष्कासन गरेको छ। कम्पनीले मंगलबारदेखि अंकित मूल्य १०० रुपैयाँमा चुक्ता पुँजीको ३४.७८ हकप्रद सेयर निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ छ। कम्पनीका सेयरधनीले साउन २६ गतेसम्म ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउने छन्। अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।

जेठ मसान्तसम्म कायम सेयरधनीले इन्स्योरेन्सको हकप्रद सेयरमा आवेद दिन सक्नेछन्। कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। इन्स्योरेन्सको हकप्रद सेयरमा साउन २६ गतेसम्म खुला रहनेछ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।

इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ कायम गरेपछि कम्पनीले तोकिएको पुँजी पुर्‍याउन हकप्रद सेयर निष्कासन गरेको हो।