BIZMANDU
www.bizmandu.com

ऋण असुलीमा सुधारसँगै गुराँस लघुवित्तको नाफा बढ्यो, इपीएस कति?

२०८२ साउन ५

ऋण असुलीमा सुधारसँगै गुराँस लघुवित्तको नाफा बढ्यो, इपीएस कति?
ऋण असुलीमा सुधारसँगै गुराँस लघुवित्तको नाफा बढ्यो, इपीएस कति?

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा ८९.९६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको हो।

Tata
GBIME
Nepal Life

अघिल्लो आर्थिक वर्षको लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशत र सञ्चालन मुनाफा ८७.८५ प्रतिशत बढेको छ।

लघुवित्तको कर्जा असुलीमा सुधार हुँदा खराब कर्जामा ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा आएको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ १८ पैसा बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ।

गत वर्षसम्म लघुवित्तले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी तथा ४५ करोड ५५ लाख रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।