BIZMANDU
www.bizmandu.com

रसुवामा बाढीका कारण भएको क्षतिमा २९ करोडको इन्स्योरेन्स दाबी, सामुन्द्रिक बीमातर्फ धेरै

२०८२ साउन ४

रसुवामा बाढीका कारण भएको क्षतिमा २९ करोडको इन्स्योरेन्स दाबी, सामुन्द्रिक बीमातर्फ धेरै
रसुवामा बाढीका कारण भएको क्षतिमा २९ करोडको इन्स्योरेन्स दाबी, सामुन्द्रिक बीमातर्फ धेरै


काठमाडौं। रसुवाको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीका कारण भएको क्षतिमा २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको इन्स्योरेन्स दाबी परेको छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म ९ वटा इन्स्योरेन्स कम्पनीमा ६३ वटा दाबी परेको हो। सामुन्द्रिक बीमाको दाबी सबैभन्दा धेरै परेको छ। यो शीर्षकमा १५ करोड ७० लाख १० हजार रुपैयाँको दाबी परेको हो। सामुन्द्रिक इन्स्योरेन्स सामान ढुवानीका लागि गरिन्छ।

इन्जिनियरिङ तथा ठ‍ेकेदार जोखिम इन्स्योरेन्सतर्फ ५ करोड ५५ लाख रुपैयाँको दाबी परेको छ। जलविद्युत् आयोजनाको निर्माण अवधिमा यस्तो इन्स्योरेन्स गरिन्छ। बाढीका कारण रसुवागढी सहित आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

सम्पत्ति बीमातर्फ ४ करोड १८ लाख, सार्वजनिक मोटर बीमातर्फ २ करोड ३१ लाख ५० हजार र निजी मोटर बीमातर्फ १ करोड १७ लाख ५० हजार रुपैयाँको दाबी परेको छ।

सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा १६ करोड १२ लाख रुपैयाँको दाबी परेको हो।