BIZMANDU
www.bizmandu.com

पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग गरिन् डेढ घण्टा वार्ता, ‘सदस्यता पहिले नै रिन्यु गरिसकेको हो’

२०८२ साउन ४

पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग गरिन् डेढ घण्टा वार्ता, ‘सदस्यता पहिले नै रिन्यु गरिसकेको हो’
पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग गरिन् डेढ घण्टा वार्ता, ‘सदस्यता पहिले नै रिन्यु गरिसकेको हो’


काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच डेढ घण्टा वार्ता भएको छ।

Vigo
GBIME
Tata

पूर्वराष्ट्रपति भण्डारीले आइतबार अपराह्न एमाले मुख्यालय च्यासल पुगेर ओलीसँग वार्ता गरेकी हुन्। वार्तामा भण्डारी र ओलिबाहेकका नेता थिएनन्।

वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल लगायत नेताले भण्डारी र ओलीसँग तस्वीर खिचाए पनि उनीहरुलाई वार्तामा बस्न दिइएको थिएन।

आफूले एक वर्षअघि नवीकरण गराएको एमालेको सदस्यता ओलीले पेण्डिङमा रहेको भनेपछि भण्डारी ओलीसँग कुरा गर्न च्यासल पुगेकी हुन्।

भण्डारीले च्यासलबाट निस्किने क्रममा ओलीसँग राष्ट्रिय राजनीतिबारे कुरा भएको संचारकर्मीसँग बताइन्। ‘राष्ट्रिय राजनीतिका बारेमा छलफल भयो। एमालेको सदस्यता मैले पहिले नै रिन्यु गरिसकेको हो,’ उनले भनिन्।

विद्या भण्डारी

भण्डारीले यसअघि नै सार्वजनिकरुपमा एमालेको राजनीतिमा सक्रिय हुने र अध्यक्षमा उम्मेदवारी दिने बताएकामा तेस्रोपटक नेतृत्वमा रहनका लागि ७० वर्षे उमेर हद हटाएका ओलीले उनलाई पार्टीको ढोका खोल्न चाहेका छैनन्।

ओलीले शनिबारको पोलिटब्युरो बैठकमा भण्डारीले एमालेमा सक्रिय हुन चाहेको विषयमा आफूले कुरा गर्ने बताएका थिए। भण्डारीले एमालेमा प्रवेश पाउने/नपाउने विषयमा सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ।