BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष आर्जन गर्‍यो ५०० करोड कुल बीमाशुल्क

२०८२ साउन ४

सन नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष आर्जन गर्‍यो ५०० करोड कुल बीमाशुल्क
सन नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष आर्जन गर्‍यो ५०० करोड कुल बीमाशुल्क


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५०० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

Tata
GBIME

कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको वृद्धि गरेको छ। पछिल्लो वर्षमा ७२.११ करोड प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष कम्पनीले ११६.१४ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, वैदेशिक रोजगारमा गत वर्ष ८४.१८ करोड बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष १०४.२३ करोड गर्दै कम्पनीले २३.८१ प्रतिशतको वृद्धि गरेको छ।

साथै, नवीकरण बीमाशुल्क २३२.१२ करोडबाट यस वर्ष २८०.०१ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले नवीकरण बीमाशुल्कमा २०.६७ प्रतिशतको वृद्धि गरेको हो।

समग्रमा गत वर्ष जम्मा ३८८.४० करोड बीमाशुल्क प्राप्त गरेकोमा यस वर्ष कम्पनीले उल्लखनीय २८.८५ प्रतिशतको वृद्धि गरेको छ।