BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, तीन दशकको बैंकिङ अनुभव

२०८२ साउन ३

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, तीन दशकको बैंकिङ अनुभव
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, तीन दशकको बैंकिङ अनुभव

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नवनियुक्त देवकुमार ढकालले पदभार ग्रहण गरेका छन्। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

Tata
GBIME
Nepal Life

पदभार ग्रहणअघि अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल समक्ष आफ्‌नो पद तथा गोपनीयताको शपथ लिएका थिए। ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ।

पछिल्लो समय राष्ट्र बैंकको निर्देशक रहेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार मानिन्छन्। नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैँकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकका हाल ३ सय ९ वटा शाखा कार्यालय छन्। बैंकले ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ।