BIZMANDU
www.bizmandu.com

एमालेमा दुई पोखरेल आमनेसामने, महासचिवले ‘अन्योल अन्त्य भयो’ भनेपछि वरिष्ठ उपाध्यक्ष फायर

२०८२ साउन २

एमालेमा दुई पोखरेल आमनेसामने, महासचिवले ‘अन्योल अन्त्य भयो’ भनेपछि वरिष्ठ उपाध्यक्ष फायर
एमालेमा दुई पोखरेल आमनेसामने, महासचिवले ‘अन्योल अन्त्य भयो’ भनेपछि वरिष्ठ उपाध्यक्ष फायर

काठमाडौं। सत्तारुढ नेकपा एमालेमा उमेर हद र दुई कार्यकाललाई लिएर विवाद चर्किने देखिएको छ।

Tata
GBIME
Nepal Life

सचिवालय बैठकले उमेर हद र कार्यकालको सीमा नलगाउने प्रस्ताव तयार गरेपछि यसलाई लिएर पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलको अलग अलग अभिव्यक्ति आएको छ।

महासचिव पोखरेलले ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ’ भनेर फेसबुकमा लेखेकामा वरिष्ठ उपाध्यक्ष पोखरेलले त्यसलाई काउन्टर दिने पोष्ट गरेका छन्।

वरिष्ठ उपाध्यक्षले सचिवालयले तयार पारेको प्रस्तावमा आफ्नो असहमति जनाएका छन्। उनले विधानको संशोधन (मस्यौदा) माथि गम्भीरताका साथ बहसमा भाग लिन र परिमार्जनका लागि योगदान पुर्‍याउन पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।

‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो। आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ। पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।