BIZMANDU
www.bizmandu.com

सेयर कारोबारमा १८९.२३ प्रतिशतले वृद्धि, एक वर्षमा २१ खर्ब २५ अर्ब रुपैयाँको किनबेच

२०८२ साउन १

सेयर कारोबारमा १८९.२३ प्रतिशतले वृद्धि, एक वर्षमा २१ खर्ब २५ अर्ब रुपैयाँको किनबेच
सेयर कारोबारमा १८९.२३ प्रतिशतले वृद्धि, एक वर्षमा २१ खर्ब २५ अर्ब रुपैयाँको किनबेच

काठमाडौं। गत आर्थिक वर्ष सेयर कारोबारमा रेकर्ड कायम भएको छ। आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो।

Tata
GBIME
Nepal Life

२०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार एक वर्षमा बजार पुँजीकरण ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्व ५६ अर्ब ९८ करोड पुगेको छ।

नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७२ छ। गत आर्थिक वर्ष मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन्।