काठमाडौं। विद्युत विकास विभागले २० वटा विद्युत आयोजनाका प्रवर्धकलाई सम्मान गरेको छ।
गत आर्थिक वर्ष निर्माण सम्पन्न भएका आयोजनाका प्रवर्धकलाई विभागले आफ्नो ३२औं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गरेको हो। प्रवर्धकहरुलाई ऊर्जामन्त्री दीपक खड्काले सम्मानपत्र प्रदान गरे।
गत आर्थिक वर्ष निजी क्षेत्र तथा सरकारी पक्षबाट ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा थपिएको छ।
मन्त्री खड्काले जलविद्युत नै नेपालको समृद्धिको आधार भएकाले निजी क्षेत्रलाई लगानीमा सजीकरण गर्न सरकारले कानुनमा आवश्यक सुधार गर्ने बताए।