काठमाडौं। सानिमा बैंकले दराजसँगको सहकार्यमा छुट योजना ल्याएको छ। बैंकले दराज महाबचत बजार २०८२ योजनामार्फत विशेष छुट दिन लागिएको जनाएको छ।
योजनाअन्तर्गत दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन्।
डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ। यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म लागू हुनेछ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी (ईएमआइ) सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ।
बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।