BIZMANDU
www.bizmandu.com

फ्रेन्च लिगबाट न्युजिल्याण्डको क्लबमा पुगिन् सावित्रा भण्डारी, यस्तो छ प्रशिक्षकको प्रतिक्रिया

२०८२ साउन १

फ्रेन्च लिगबाट न्युजिल्याण्डको क्लबमा पुगिन् सावित्रा भण्डारी, यस्तो छ प्रशिक्षकको प्रतिक्रिया
फ्रेन्च लिगबाट न्युजिल्याण्डको क्लबमा पुगिन् सावित्रा भण्डारी, यस्तो छ प्रशिक्षकको प्रतिक्रिया

काठमाडौं। नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिङ्टन फिनिक्स क्लबमा आबद्ध भएकी हुन्। अघिल्लो सिजन उनले फ्रेन्च क्लब एन एभेन्ट गुइनगम्पबाट खेलेकी थिइन्।

Tata
GBIME
Nepal Life

फिनिक्स न्युजिल्याण्डको क्लब भए पनि अस्ट्रेलियाको शीर्ष डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने गर्छ। साम्बाले यसअघि भारत, माल्दिभ्स र इजरायलमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छिन्।

‘हामी साबित्रालाई फिनिक्स परिवारमा स्वागत गर्न पाउँदा गर्वित छौँ र उनी खेलमैदानभित्र र बाहिर दुवै क्षेत्रमा गर्ने प्रभावको प्रतिक्षा गरिरहेका छौँ,’ फिनिक्सका कार्यवाहक प्रमुख प्रशिक्षक एमी शेफर्डले भने।

शेफर्डले सावित्रा नेपालकी राष्ट्रिय र सर्वाधिक गोल गर्ने खेलाडी भएको भन्दै उनको क्षमता टोलीका लागि खेलमैदानभित्र र बाहिर दुवैमा ठूलो सम्पत्ति बन्ने विश्वास लिएको बताएका छन्।

‘उनको प्राकृतिक मूभमेन्ट, बुद्धिमत्तापूर्ण पासिङ र निर्णायक फिनिसिङ क्षमताले हाम्रो आक्रमण क्षमतामा ठूलो सुधार ल्याउने विश्वास हामीलाई छ,’ उनले भने, ‘उनको उपस्थितिले हाम्रो आक्रमण खेलमा नयाँ आयाम थप्नेछ।’

उज्बेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोटमा साम्बाले नेपालको कप्तानीसमेत सम्हालिसकेकी छिन्।