BIZMANDU
www.bizmandu.com

भौतिक सचिव केशवकुमार शर्माले भने- अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ

२०८२ असार ३२

भौतिक सचिव केशवकुमार शर्माले भने- अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ
भौतिक सचिव केशवकुमार शर्माले भने- अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडी (इभी)हरू नेपालमै बनाउनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

महानगर यातायात प्रालिको विद्युतीय बस सेवा उद्घाटन कार्यक्रममा उनले पछिल्लो समय नेपालमा इभीको प्रयोग बढेर गएकोले नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए।

उनले भने, ‘नेपालमा इभी फ्याक्ट्री बनाउन पायौं भने स्पेयर्स पार्ट्स यही बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ। यसमा लगानी गर्न आह्वान गर्छु।’

उनले विद्युतीय यातायात नेपालको परिप्रेक्षमा महत्त्वपूर्ण बताए।

‘किनकी इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ,’ उनले भने, ‘सार्वजनिक यातायातमा महानगरले जुन सुरु गरेको छ, यो सकारात्मक छ। काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ। साना गाडीहरू हटाउनुपर्छ।’

उनका अनुसार अब साना गाडीहरू प्रतिस्थापन गरेर सहरमा वातावरणमैत्री ठूला बसहरू चलाउनुपर्ने अवस्था आएको छ। सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको उनको भनाइ छ। यस क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको उनले बताए।